Comments Add Comment

दाह्रीजुँगाको ‘अपमान’ नगर्न हजामहरुलाई चेतावनी


धार्मिक अतिवाद भन्ने कुरा पनि अनौठो छ । यसले मानिसलाई आफ्नो दाह्रीजुँगा समेत चाहे अनुसार राख्न र फ्याँक्न दिँदैन । अहिले पाकिस्तानमा यस्तै भएको छ ।

पाकिस्तानको मानसेहरा जिल्लामा एक मुस्लिम अतिवादी संगठनले स्थानीय हजामहरुलाई चेतावनी जारी गरेको छ ।

खैबर प्रान्तको मानसेहरा जिल्लामा इन्टरनेसनल खत्म ए नाबूवत मुभमेन्ट अर्थात् आइकेएनएम नामक मुस्लिम संगठनले हजामहरुलाई चेतावनी जारी गर्दै कुनैपनि पुरुषको दाह्री कलमी गरेर छोटो नपार्न तथा ‘गैर–स्लामिक कट’ नकाटिदिन भनेको छ ।

जिल्लाभर पम्प्लेट छर्दै उक्त संगठनले फ्रेन्च कट, एल कट जस्ता स्टाइलमा दाह्री नकाट्न चेतावनी दिँदै यस्तो तरिकाले दाह्री काटेर दाह्रीको अपमान गर्नु इस्लाम विरोधी रहेको जनाएको छ ।

यस चेतावनीलाई पालना नगर्ने हजामको पसल १५ दिनभित्र खाली गराइने संगठनले धम्की दिएको छ ।

मुस्लिम अतिवादीहरुको डरकै कारण स्थानीय धेरै हजामहरुले अहिले दाह्रीको फेन्सी कट बन्द गरिसकेका छन् ।

मुस्लिम संगठनको उक्त सूचना स्थानीय उर्दू जवान नामक पत्रिकामा पनि छापिएको छ । जसमा दाह्री खौरिनु भनेको सबैभन्दा खराब काम हो र स्वयं पैगरम्बर मोहमम्मदले नै यसो नगर्न आदेश दिएको सूचनामा लेखिएको छ ।

तर स्थानीय पुलिसले चााहीँ मुस्लिम संगठनको चेतावनीपछि हजामहरुले दाह्री काट्न छाडेको घटनाको बारेमा अनभिज्ञता प्रकट गरेको गर्दै यस्तो कसैले गर्न नसक्ने दाबी गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment