Comments Add Comment

नयाँ बर्षको पार्टीमा सहभागी हुनअघि जान्नैपर्ने कुरा

आज चालु अंग्रेजी बर्षको क्यालेन्डरको अन्तिम पातो पल्टदैछ । भोलिदेखि नयाँ बर्ष २०१८ सुरु हुँदैछ ।

नयाँ बर्षलाई स्वागत गर्न आज रातभर जाग्रम बस्ने चलन छ, विश्वभर नै । पुरानो बर्षलाई विदाई र नयाँ बर्षलाई स्वागत गर्न मिठो मसिनो खाँदै रमाइलो जमघट गरिन्छ । नयाँ बर्षलाई धुमधामसँग स्वागत गर्ने मुडमा रहेकाहरुले पार्टीमा सहभागी हुनअघि केही कुरा ख्याल गरेकै राम्रो हुन्छ ।

किनभने रमाइलो गर्ने चक्करमा कहिले काहि हामी आफ्नो दायरा कुल्चन्छौ । नगर्नु पर्ने काम गर्छौ, जसले पछि पछुतो हुन्छ । यसको परिणाम आफुले मात्र होइन, आफ्ना घर परिवारले पनि झेल्नुपर्ने हुनसक्छ । अतः यहाँ नयाँ बर्षको पार्टी मनाउनुअघि ख्याल गर्नैपर्ने केहि कुरा उल्लेख छ

१. पार्टीमा गएपछि मस्त मदिरा पिउने चलन छ । पिउनु आफैमा स्वास्थ्यका लागि फाइदाजनक होइन । यसले स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउँछ । त्यसैले यसबारे हामी सचेत हुनैपर्छ ।

मदिरा पिउनुअघि पर्याप्त पानी पिउनुपर्छ । यसले गर्दा शरीरमा मदिराको असर उति धेरै हुँदैन । मदिरा पिएपछि शरीरमा पानीको मात्रा पुग्दैन । यदि मदिरा सेवन गर्नुअघि नै पानी सेवन गरियो भने शरीरमा पानीको अभाव पूर्ति हुन्छ । अर्को पक्ष चाहि के भने, पानी पिइसकेपछि मदिराप्रति उस्तो आशक्ति पनि रहँदैन ।

२. पार्टीमा सहभागी हुनअघि जानुभन्दा अगाडि नै आफ्नो ड्रिकको लिमिट तय गरौं । यति मदिरा पिउँछु भनेर पिउनुअघि नै निश्चित गरौं । आफ्नो होस नगुम्ने तथा सुरक्षितरुपमा घर फर्किन सक्ने गरी मात्र पिउनुपर्छ  ।

२. खाने पिउने मामलामा सतर्कता अपनाउनु जरुरी छ । यदि डि्रंकको स्वाद अलिकति पनि गडबड लाग्यो भने त्यसलाई नपिउनु नै उचित हो । खानाको मामलामा पनि सावधान रहने र अस्वस्थकर खानेकुराबाट बच्नुपर्छ ।

३. यदि घरबाट टाढा पार्टीका लागि जाने योजना छ भने आफ्नो निकटका व्यक्तिहरु तथा परिवारजनलाई बताएर मात्र जानुपर्छ । ताकि कुनै अपि्रय स्थिति आएमा उनीहरुले सजिलै आफ्नो सम्पर्कमा आउन सकोस् ।

४. आफ्नो मोबाइलको जीपीएस सँधै अन राखौ ताकि आफ्नो योजना परिवर्तन हुँदा पनि हाम्रा नजिकका व्यक्तिहरुले थाहा पाउन् कि हामी कहाँ छौ । यसले परिवारसँगको सम्पर्क कायम राखिरहन्छ ।

५. पार्टी भनेको रमाइलो गर्नका लागि हो । तर कहिलेकाहीँ पार्टीमा खतरनाक झैझगडा पनि हुन्छ । व्यर्थको विवादबाट बच्नुस र कुनै अपि्रय स्थिति आउन थाल्यो भने परिवारजन र प्रहरीलाई सुचित गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment