Comments Add Comment

उपकुलपति रौनियारलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

२९ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले गरेको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

लामो समयदेखि प्रतिष्ठानमा भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा आएका समाचार र सरकारले गठन गरेका दुईवटा समितिको छानबिन प्रतिवदेनका आधारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गराइ कारवाहीका लागि अख्तियारमा पठाइएको हो ।

उपकुलपति रौनियारले गरेको अनियमितता तथा घोटालाका सम्बन्धमा छानबिन गर्न उनले सम्पादन गरेका कार्यहरुको छानबिन प्रतिवेदनसमेत पेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment