Comments Add Comment

सुनसरी-११ ले जित्यो फाल्गुनन्द गोल्डकप

१६ पुस, पाँचथर । नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवलको उपाधि सुनसरी-११ ले जितेको छ । मोरङ-११ लाई २-० गोल अन्तरले हराउँदै सुनसरीले उपाधि जितेको हो ।

पुर्वी पहाडकै सबैभन्दा ठूलो मानिने प्रतियोगिताको फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेले । तर दोस्रो हाफमा सुनसरी हावी भयो ।

६७औं मिनेटमा तीर्थ बस्नेतले गोल गर्दै सुनसरीलाई अग्रता दिलाए । खेल सकिनु ४ मिनेटअघि हेमन्त थापाले सुनसरीलाई २-० को जितसँगै उपाधि सुनिश्चित गराए ।

सुनसरीले उपाधिसँगै ३ लाख पुरस्कार पाएको छ भने उपबिजेता मोरङले २ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका सुनसरीका हेमन्त थापाले ३५ हजार पुरस्कार पाए । तीर्ग बस्नेत प्रतियोगिताको सर्बाधिक गोलतकर्ता बने भने सुनसरीका विकास चौधरी उत्कष्ट गोलरक्षक, मोरङका सुरेन्द्र खवास उत्कृष्ट डिफेण्डर, सुनसरीका बुद्धिमान राई उत्कृष्ट मिडफिल्डर र सुनसरीका निवान लिम्बू उत्कृष्ट स्ट्राइकर चुनिए । उनीहरु सबैले जनही १० हजार पुरस्कार पाए ।

समापन समारोहमा आयोजक फिदिम स्पोर्टिङ क्ल्वले नेपालका फिफा रेफ्री लव खत्रीलाई सम्मान गरेको छ । यस्तै क्लवले हरेकवर्ष उपलव्ध गराउँदै आएको प्रजापति नेपाल पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार गणेश साम्पाङलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment