Comments Add Comment

टोपी शीरको शान र नेपालीको पहिचान, पोखरामा पनि मनाइयो टोपी दिवस

१७ पुस, पोखरा । पाँचौं अन्र्तराष्ट्रिय टोपी दिवस पोखरामा पनि मनाइएको छ । गण्डकी हाइटेक प्रालीको आयोजनामा पोखरेली अभियन्ताहरुले अन्र्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् ।

कार्यक्रमका वक्ताहरुले टोपी नेपालीको पहिचान र शीरको शान भएको बताए । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख सह प्राध्यापक कृष्णप्रसाद पौडेलले टोपीमा राष्ट्रियताको सवाल जोडिएको बताउँदै राष्ट्रियता जोगाउन टोपी लगाउन अपील गरे ।

उनले सरकारी कार्यालयहरुमा टोपी लगाउन अनिवार्य गर्नुपर्ने र राजनीतिक दलका नेताहरुले स्वतःस्फुर्त टोपी लगाइदिए यसको गरिमा र महिमाले उचाई धारणा व्यक्त गरे ।

साहित्यकार सूर्यबहादुर खड्का ‘बिखर्ची’ले टोपी प्रेमको प्रतीक भएको र विश्वमा नेपालीको पहिचान दिलाउन सगरमाथाको जस्तै टोपीले पनि उत्तिकै उचाइ रहेको बताए ।

उनले विदेशमा टोपी लगाएर जाँदा विदेशीलेसमेत सम्मान दिने गरेको अनुभव सुनाए । टोपी नलगाउनेले राष्ट्रियताको कुरा गरेकोसमेत अर्थ नरहने उनले टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर साह ‘बाबा’ले टोपीले गर्वानुभूति दलाउनुका साथै यसले नेपालीको पहिचान झल्कने बताए ।

कार्यक्रमका बक्ताहरुले टोपीले चिसोबाट बचाएर स्वस्थ बनाउने, यसले अनुशासित पनि बनाउने र टोपी लगाएपछि अनुहारपनि उजिल्याउने अनुभूति सुनाए ।

कार्यक्रमका अध्यक्षता गरेका मुक्तक मञ्च पोखराका पूर्व अध्यक्ष प्राञ्जलले नेपाली संस्कृति बिदेशीबाट थिचोमिचोमा पर्दै आएको बताउँदै त्यसको मारमा टोपी पनि परेको बताए । टोपीले अलग अनुभूति दिने र गर्वानुभूति गराउने बताउँदै उनले यो नेपालीको अस्थित्व भएको बताए ।

सन् २०१४ बाट आफूहरुले टोपी दिवस मनाउन शुरु गरेको स्मरण गर्दै उनले टोपी दिवसको अभियन्ता आफू भएको दाबी गरे । हाल आएर टोपी दिवसको अभियन्ता अरुले दाबी गर्दा दुःख लाग्नेगरेको सो अवसरमा उनले गुनासो गरे । उनले आगामी वर्षदेखी टोपी दिवसलाई थप बृहद बनाउने बताए ।

यसैबीच, लायन्स क्लव अफ पोखरा हेमजाले पनि एक औपचारिक कार्यक्रम गरेर टोपी दिवस मनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment