Comments Add Comment

गोल्डस्टारको शो -रूम अब कालिमाटी र बानेश्वरमा पनि


१७ पुस, काठमाडौं । गोल्डस्टार जुत्ताहरूको निर्माता तथा वितरक कम्पनी किरण सुज म्यानुˆयाक्चरर्सले पुरानो बानेश्वर र कालिमाटीमा नयाँ शो -रूमहरू खोलेको छ । कम्पनीले पुरानो वानेश्वरमा सोलमेट्स इन्टरप्राइजेज तथा कालिमाटीमा फस्र्ट स्टेप इन्टरप्राइजेज सञ्चालनमा ल्याएको हो ।

किरण सुज म्यानुˆयाक्चर्सकी निर्देशक विदुषी राणाले गोल्डस्टार जुत्ताको प्रसिद्धी, अत्यधिक माग र ग्राहकहरूको आवश्यकतासमेतलाई ध्यान दिई नयाँ शो -रुम सञ्चालनमा ल्याएको बताईन । ‘आगामी दिनहरूमा पनि यस्तै सो-रूमहरूबाट सेवा दिन नेपालभरि नै फ्न्चाइजी सो-रूमहरू स्थापना गर्ने लक्ष्य लिएका छौं,’ उनले भनिन् ।

हाल गोल्डस्टार जुत्ताका आधिकारिक सो-रूमहरू काठमाडौंको सुन्धारास्थित सिभिल मल र जमलको ज्योति भवनमा स्थापना भएका छन् ।

नयाँ वर्ष २०१८ को शुभकामना व्यक्त गर्दै नयाँ जुत्ताहरू, समयानुकुल फेसनसँग मिल्नेगरी आफ्ना उत्पादनहरू  फ्न्चाइजी सो-रूमहरूबाट विक्री-वितरण गर्ने किरण सुज म्यानुˆयाक्चरर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment