Comments Add Comment

कर्णालीका सांसदको दावी-१० वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउछौं

२० पुस, काठमाडौं । कर्णालीका सांसदहरुले अब कर्णालीका परिचय बदल्ने घोषणा गरेका छन् ।

रोग, भोक र शोकको कर्णालीकालाई समृद्ध कर्णालीका परिवर्तन गर्ने भन्दै उनीहरुले अबको १० वर्ष भित्र प्रदेश ६ लाई देशकै सबैभन्दा समृद्ध प्रदेश बनाउने घोषणा गरेका हुन् ।

काठमाडौंमा बिहीबार काठमाडौं कालीकोट संघीय मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा सहभागी भएका प्रतिनिधि र प्रदेश सांसदहरुले जनताले दिएको जिम्मेवारी पूरा गर्दै देशकै समृद्ध प्रदेश बनाउने घोषणा गरेका हुन् ।

कार्यक्रममा सहभागी भएका ९ जना सांसदहरुले केन्द्रसँगको दुरी घटाउँदै प्रदेशकोलाई समृद्ध बनाउने योजना सुनाए ।

प्रदेश ६ प्राकृतिक रुपमा सबैभन्दा सम्भावना बोकेको प्रदेश भएको भन्दै तिनै स्रोतसाधनको सदुपयोग गरी प्रदेशलाई समृद्ध बनाउने बताए ।

जलविद्युत, पर्यटन, जडीबुटी, कृषिलाई लगायतलाई आधार बनाएर प्रदेशलाई समृद्ध बनाउने योजना सांसदहरुले सुनाए । त्यसका लागि प्रतिनिधिसभा सदस्यले केन्द्रमा नीति निर्माणमा जोड दिने र प्रदेशसभा सदस्यहरुले प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्ने उनीहरुको भनाइ छ ।

प्रतिबद्धताः कर्णाली जोड्छौ,जनताको जिम्मा लिन्छौं

कार्यक्रममा सहभागी भएका सांसदहरुले कर्णालीका ५ लाख जनाताको जिम्मा लिने प्रतिबद्धता जनाएका छन् ।

अहिलेसम्म साविकको कर्णाली अञ्चलमा रहेका जिल्लाहरु समेत नजिोडिएको भन्दै ती सबै जिल्लाहरुलाई जोडेर जनताले चाहना पूरा गर्ने जिम्मा लिने प्रतिबद्धता सांसदहरुले गरेका छन् ।

कसले के भने

कार्यक्रममा बोल्दै कालीकोटबाट प्रतिनिधिसभामा निर्वाचित दुर्गबहादुर रावतले भूगोलका आधारमा नीति निर्माणबाटै कर्णालीलाई विभेद गरिएको भन्दै अब पार्टी नै नभनी प्रदेश समृद्धिका लागि काम गर्ने बताए ।

यस्तै जुम्लाबाट निर्वाचित गजेन्द्रबहादुर महतले अहिलेसम्म कर्णालीका जिल्लाहरु समेत जोडिन नसकेको भन्दै कर्णालीलाई जोडेर प्रदेश समृद्ध बनाउने बताए ।

कार्यक्रममा हुम्लाबाट विजयी स्वतन्त्र सांसद छक्कबहादुर लामाले कर्णाली र समग्र प्रदेश ६ को जिम्मा आmूहरुले लिने बताए ।

सांसद लामाले पर्यटनको विकासको लागि प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल स्थापना गरेर अमेरिका र यूरोपका पर्यटन सिधै प्रदेश६ मा भित्र्याउने योजना सुनाए ।

यस्तै मुगुबाट निर्वाचित सांसद गोपाल बमले कर्णाली र प्रदेश ६ गरीब नभएको भन्दै त्यसको प्रमाणित अबको पाँच वर्षभित्रै गरिदिने दावी गरे । प्रदेशमा भौतिक, आर्थिक र साँस्कृतिक विकास गरी सिंगो प्रेदश समृद्धिको खाका तयार बनाएर काम गर्ने प्रतिबद्धता बमले जनाए ।

हुम्ला प्रदेश (क) बाट विजयी सांसद दल रावलले चुनौती भएपनि प्रदेश ६ मा सम्भावना धेरै भएको भन्दै पाँच वर्षभित्र प्रदेससँगै जनताको मुहार फेर्ने प्रतिबद्धता जनाए ।

१० वर्षमा देशकै समृद्ध प्रदेश बनाउने र २० वर्ष पछि देशकै सबैभन्दा धेरै अर्थतन्त्र भएकोप्रदेश बनाउने योजना सुनाए ।

मुगु प्रदेशसभा(क) बाट निर्वाचित दानसिंह परियारले मागी खाने नभई समृद्ध कर्णाली बनाउनका लागि जनताले चुनेको भन्दै समृद्ध कर्णालीका लागि नीति बनाएरै काम गर्ने बताए ।

यसैगरी जुम्ला प्रदेश(ख) बाट निर्वाचित पदम रोकायले पहुँच नहुँदा पछाडि परेको कर्णालीको तस्वीर बेचेर गरीब बनाइएको भन्दै अब कर्णालीको फोटो बेच्न पर्ने अवस्था नरहने बताए ।

डोल्पा प्रदेशसभा (ख) बाट निर्वाचित सांसद वीरबहादुर शाहीले सम्भावना हुँदाहुँदै पछाडि परेको कर्णालीलाई अब समृद्ध बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment