+
+

प्रभु लाईफ इन्स्योरेन्सको पहिलो क्षेत्रिय शाखा वीरगञ्जमा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २० गते १८:१०


२० पुस,वीरगञ्ज । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पहिलो क्षेत्रिय शाखाको रुपमा वीरगञ्जमा शाखा स्थापना गरेको छ । प्रभू समूहको लगानी रहेको इन्स्योरेन्सको शाखा कार्यालय वीरगञ्जको लिंक रोडमा स्थापना गरिएको हो ।

शाखा कार्यालयको बिहिबार सञ्चालक सुवास अमात्यले उद्घाटन गरे । शाखा कार्यालयको उद्घाटन गर्दै सञ्चालक अमात्यले ८ प्रतिशत मानिसहरुको पहुँचमा मात्रै बीमा देखिएको बताए । उनले बीमाको महत्व वीरगञ्जको सुपर ग्यास उद्योगमा ज्यान गुमाएका मानिसहरुको आफन्तलाई थाहा हुने बताउदै अभिकर्ताहरुले संभावित दुर्घटनाहरुको बारेमा बुझाउन सक्नुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेले पैसा हुनेहरुका लागि मात्रै नभएर पैसा नहुनेहरुका लागि पनि बीमाको ठूलो महत्व रहेको बताए । कम्पनी रजिष्टारको कार्यालयमा ०६४ असार ८ गते दर्ता भई सञ्चालनमा आएको इन्स्योरेन्सले देशका अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।

ईटहरी, सुर्य विनायक र पोखरामा शाखा खोल्ने तयारी भईरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए । शाखाले बिहिबारबाटै काम शुरु गरेको शाखा प्रबन्धक सुदिश कुमार गुप्ताले बताए । प्रभु समूहले प्रभु बैंक, प्रभु मनी ट्रान्सफर लगायत विविध क्षेत्रमा लगानी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?