Comments Add Comment

पूर्वसभासद डा. पोखरेलको निधन

२३ पुस, काठमाडौं । पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन भएको छ । प्याब्सनका पूर्व अध्यक्ष एवं भीएस निकेतनका प्रिन्सिपल समेत रहेका पोखरेलको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पोखरेल लामो समयदेखि स्वास प्रश्वाससम्वन्धी रोगबाट पीडित थिए ।

अमेरिकामा रहेका छोरा मंगलबार आएपछि उनको अन्त्येष्टि गर्ने तयारी छ । पोखरेलका श्रीमती र दुई छोरा छन् ।

मानव संसाधन विकासमा विद्यावारिधी गरेका पोखरेल दोस्रो संविधानसभा फोरम लोकतान्त्रिकबाट सभासद बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment