Comments Add Comment

ब्लडर क्यान्सर के हो ? जानौं यसको ९ तथ्य


क्यान्सरसँग हामी अझै भयभित छौ । आधुनिक विज्ञानले समेत यो समस्याको पूर्ण हल खोजिसकेको अवस्था छैन । त्यही कारण क्यान्सरको कारण विश्वमा लाखौ मानिसले ज्यान गुमाइरहेका छन् ।

तर, प्रारम्भिक चरणमा क्यान्सर भएको थाहा भएमा त्यसको उपचार संभव छ । त्यसैले यसको संकेत थाहा पाएपछि परीक्षण गराइहाल्नुपर्छ, ताकि भविष्यमा जटिलता उत्पन्न नहोस् ।

क्यान्सर शरीरका जुनसुकै अंगमा हुन सक्छ । पछिल्लो समयमा यो शरीरका ती भागहरुमा पनि फैलिन थालेको छ, जुन भागमा पहिले क्यान्सर लाग्दैनथ्यो । जस्तो कि यूरिनरी ब्लडर अर्थात्, मुत्राशय, कान, यहाँसम्म कि यौनांगमा समेत ।

के हो युरिनरी ब्लडर

पुरुष तथा महिलाहरुमा यूरिनरी ब्लडर एक प्रकारको मांसपेशीहरुको कोष हो जसले दुवैको शरीरमा यूरिनरी फङ्सन कार्यान्वयन गर्छ । महिला र पुरुषहरुको अलग-अलग शारीरिक ढाँचाका कारण ब्लडर क्यान्सरको कारक पनि दुवैमा फरक-फरक हुन्छन् । अतः यहाँ ब्लडर क्यान्सरसँग जोडिएका विभिन्न तथ्यहरु प्रस्तुत गर्दैछौं ।

तथ्य १ः  सुक्ष्म संकेत

जुन प्रकारले ब्रेन ट्यूमरको संकेत बारम्बार टाउको दुख्नु हो, त्यसको ठीक उल्टो ब्लडर क्यान्सरको संकेत अत्यन्त सुक्ष्म हुन्छ । धेरैले त यी संकेतलाई पिशाबको इन्फेक्सनका रुपमा पनि हेर्छन् । त्यसैले समय रहँदै यो क्यान्सर पत्ता लगाउन अति आवश्यक छ ।

तथ्य २ :  मुख्य संकेत

महिलाहरुमा ब्लडर क्यान्सरको मुख्य लक्षण हो, योनीमा जलन हुनु, कालो पिशाब आउनु, पिशाबमा रगत देखिनु, र बारम्बार यूरिनरी इन्फेक्सन हुनु ।

तथ्य ३ः महिलाहरुको मृत्यूदर बढि

यदि आँकडालाई हेर्ने हो भने महिलाहरुको तुलनामा पुरुषहरुमा ब्लडर क्यान्सरको सम्भावना बढि हुन्छ । तर, जब महिलाहरु यस क्यान्सरको शिकार हुन्छन्, उनीहरुको मृत्यूदर उच्च हुन्छ । यो यसकारण कि महिलाहरुको हकमा यसको परिक्षण नै ढिलो हुन्छ । समय रहँदै उनीहरुको उपचार हुन पाउँदैन ।

तथ्य ४ :  खतरनाक हुन्छ धुम्रपान

ब्लडर क्यान्सरबाट पिडित व्यक्तिहरुमा यसको फरक-फरक कारण हुन सक्छन् । तर महिलाहरुमा धुम्रपान यसको सबैभन्दा ठूलो कारण देखिएको छ । किनकी चुरोटमा रहने टक्सिनले यस क्यान्सरको टिस्यूजहरुलाई बढाइदिन्छ ।

तथ्य ५ः वेवास्ता नगरौं यूआईटीलाई

बारम्बार युरिनरी इन्फेक्सन भयो भने क्यान्सरको सम्भावना ठूलो हुन्छ । साथै महिलाहरुमा युरिनरी इन्फेक्सन र ब्लडर क्यान्सरको संकेत पनि लगभग एक समान नै हुन्छन् । त्यसैले तपाईंलाई पनि बारम्बार युरिनरी इन्फेक्सन भयो भने तुरुन्तै डाक्टरलाई जँचाइहाल्नुपर्छ  ।

तथ्य ६ः आनुवंशिकता

यदि तपाइर्ंको परिवारमा हजुरआमा, आमा वा अरु कोही महिला सदस्यलाई ब्लडर क्यान्सर भएको छ भने तपाईंलाई पनि यो रोग हुन सक्ने सम्भावना रहन्छ । किनकी यो एउटा वंशाणुगत रोग हो ।

तथ्य ७ः उपचार

ब्लडर क्यान्सरको उपचार यसमा निर्भर गर्छ कि यो कति फैलिइसकेको छ । रेडियसन थेरापी, किमोथेरापी र सर्जरीमार्फत यसको ट्यूमरलाई हटाउन सकिन्छ ।

तथ्य ८ः प्रजनन नहुने खतरा

ब्लडर क्यान्सर भएका महिलाहरुलाई सही उपचारपछि पनि प्रजनन नहुने उच्च सम्भावना रहन्छ । यो यसकारण कि ब्लडर क्यान्सरको उपचारका दौरान फर्टिलिटी हार्मोन्स र अन्डा पनि नकारात्मक रुपबाट प्रभावित हुन्छन् ।

तथ्य ९ अनियमित डिस्चार्ज

आरुपमा महिलाहरुमा सेतो स्खलनको समस्या पाइन्छ । यसलाई ‘यीस्ट इन्फेक्सन’ को संकेत मानिन्छ । जबकि अनियमितरुपमा स्खलनको समस्या कम देखिन्छ । तर ब्लडर क्यान्सर यो एक प्रकारको बिमारीको सूचक हुन्छ । यसैले समयमै परिक्षण गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment