Comments Add Comment

मोरङको बिराटचोकमा सिभिल बैंकको शाखा

२३ पुस, काठमाडौं । सिभिल बैंक लिमिटेडले मोरङको बिराटचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखा सहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी बिराटचोकमा संचालनमा ल्याईएको हो ।

उक्त शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रा.डा. रमेश दाहालले गरे । शाखाको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आˆना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आˆनो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत ग्ाोविन्द गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment