Comments Add Comment

डा. केसीले मागे प्रधानन्यायाधीशको राजीनामा, भ्रष्ट र माफिया भएको आरोप

२४ पुस, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् ।

पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । केसी ४ बजेबाट अनसन बसेका छन् ।

उनले त्रि. वि शिक्षण अस्पताल परिसरमा अनसन सुरु गरेका हुन् । केसी अामरण अनसन बसेको यो १४औं पटक हो ।

त्यसअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसँग मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ उनले भनेका छन् ।

न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भनेका छन्, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प छैन ।’

पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् ।

चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment