Comments Add Comment

आहा ! रारा गोल्डकप माघ ९ बाट, १२ टिम सहभागी

प्रतियोगिता बारे जानकारी दिदै अायोजक । तस्वीर, सुदर्शन रञ्जित ।

२५ पुस, पोखरा । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता माघ ९ गतेबाट सुरु हुने भएको छ ।

२० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागियसहित १२ टिमले प्रतिष्पर्धा गर्ने छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लबसँगै ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रीस्टारले खेल्नेनछन् ।

मोफसलको झापा ११, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी छन् भने विदेशी टिममा उत्तर बरिन्धरा क्लब बंगलादेश र युनाइटेड सिक्किम छन् भने आयोजक सहारा क्लबले सहभागिता जनाउने छ ।

बंगलादेशको ए डिभिजन क्लब भएको र विदेशीका साथै राष्ट्रिय टिमका खेलाडीसमेत भएकाले बंगलादेशी टोली बलियो आउनेसहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि भएको छ । प्रथम पुरस्कारमा २ लाख बृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख बृद्धि गरेर ३ लाख ५१ हजार पुर्‍याइएको हो ।

गतवर्ष प्रथम पुरस्कारको राशी ५ लाख १ हजार र द्वितीय पुरस्कारको राशी २ लाख ५१ हजार थियो ।
टिकट काटेर फुटवल हेर्न गएका दर्शक मध्ये लक्की ड्रबाट बिजेता बनेका एक जनालाई एउटा स्कुटर र अर्का एक जनालाई एलजी टिभी प्रदान गरिने आयोजक सहारा क्लवले जनाएको छ ।

स्थायी प्याराफिट बनाइने

प्रतियोगिताका लागि रंगशालामा अस्थायी प्याराफिट बनाइने छ । अत्याधुनिक रंगशाला बनाउनका लागि फुटवल स्टेडियमका पुराना संरचना भत्काउने क्रममा दर्शक प्याराफिट भत्काइरहेकाले अस्थायी प्याराफिट निर्माण गरेर दर्शक बस्ने ठाउँ बनाइने क्लबका अध्यक्ष थापाले बताए ।

एक हजार जना बस्ने क्षमताको स्काइ फोल्डिङ प्याराफिट बनाइनेछ । माघ २ गतेसम्म पूर्व पट्टीको प्याराफिट भत्कएर सफा गरिसक्ने सहमति पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग भएको उनदे बताए ।

सहारा क्लवले विगत १६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको छ । हाल एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रति रहेको क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment