Comments Add Comment

डा. केसीले सर्वोच्चको इजलासमै भने-गोपाल पराजुली भ्रष्ट र माफिया हुन्

२६ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।

सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताए ।

उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको दोहोर्‍याएका छन् ।

अहिले केसी पक्षीय वकिलहरुले बहस गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment