+
+

प्रधानन्यायाधीश पराजुलीलाई पनि इजलासमा झिकाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते ११:५८

२६ पुस, काठमाडौं । डा.गोविन्द केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन माग गरेका छन् ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहस सर्वोच्चमा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको छ ।

अदालतमा बयानका क्रममा र इजलासमै डा. केसीले पराजुलीमाथि गम्भीर आरोप लगाएका छन् । डा. केसीको तर्फबाट बहस गर्ने वकिलहरुले प्रधानन्यायाधीशलाई पनि बेञ्चमा झिकाउन माग गरेका छन् । अधिवक्ता दिनेश त्रिपाठीले पराजुलीलाई इजलासमा झिकाएर आफ्ना कुरा राख्न दिनुपर्ने बताए ।

साथै प्रधानन्यायाधीशमाथि लागेको आरोपहरुबाट छानविन गर्नुपर्ने केसीका वकिलहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?