+
+
Shares

डा. केसीले भने-म जेल जान तयार छु तर, पराजुलीमाथि छानविन हुनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १७:२०

२६ पुस, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले आफूलाई न्याय दिने हो भने प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न आग्रह गरेका छन् ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहस सकिएको छ । र, आजै आदेश आउने बताइएको छ । बहसको अन्तिममा डा. केसीले आफ्नो वकिलमार्फत एक मिनेट समय मागेर बोलेका थिए ।

उनले ‘मेरो मुख हेर्नु पर्दैन, मेरो कुनै याचना पनि छैन । हिरासतमै राखे पनि राख्नुुस्’ भनेका छन् ।

डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता यज्ञमणि न्यौपानेले भने, ‘मेरो मायाले छाड्नु पर्दैन । जहिलेसम्म उनले राजीनामा गर्दैन वा हटाइँदैन वा उनीमाथि छानविन हुँदैन, तबसम्म अनसन बस्छु, जेलमा भएपनि अनसन बस्छु भन्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?