सोमबार, ७ फागुन, २०७४
OnlineKhabar.com

रिहा भएपछि डा. केसीले भने- आदेशप्रति सकारात्मक छु, अनसनबारे भोलि निर्णय लिन्छु

अनलाइनखबर

२६ पुस, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् ।

अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् ।

साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।

प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतबाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’

तर, धेरै मागहरु रहेको भन्दै उनले अघि भने, सत्याग्रह स्थगित हुन्छ कि निरन्तरता दिने भनेर भोलि निर्णय लिन्छु ।’

उनले आफ्नो पक्षमा बहस गर्ने तथा समर्थन गर्ने सबैप्रति आभार प्रकट गरे ।

डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताए । यसले नागरिकको रुपमा स्वस्थ रुपमा आलोचना गर्न पाउने स्थापना गरेको र प्रधानन्यायाधीश पराजुलीमाथि छानविन हुने भएको उनले बताए ।

उनले अघि भने, ‘अदालतले पनि आफ्नो शाख बताउन काम गर्‍यो । डा. केसीको अभियानलाई पनि साह्रै ठूलो सहयोग हुन्छ । त्यसैले अदालतको आदेश स्वागत योग्यछ ।’

२०७४ पुष २६ गते १९:०२ मा प्रकाशित (२०७४ पुष २७ गते ९:५३मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ पुष २६ गते १९:१६

    सर्वोच्च अदालतको आदेशपछि डा. गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन्
    Appreciable decision by the Supreme Court to some extent.

    21
    0
    Share

  • Srijan लेख्नुहुन्छ    |   २०७४ पुष २६ गते १९:३९

    डा. केसी, हाम्रो देशलाई तपाईंको आवश्यकता आज मात्रै हैन, आउने धेरै बर्षहरु सम्म रहिरहने छ। हामीलाई गोविन्द केसी मात्रै चाहिएको छैन, हामीलाई स्वस्थ गोविन्द केसी चाहिएको छ। डा. साब, यो अनसनको क्रमलाई चाँहीं यहिं छाडि दिनुस्। अब तपाईंको निशाना सरकार हाँक्ने तिर हुनु पर्‍यो। हामी तपाईं सँग छौं। #IamWithDrKC #TogetherWeCan

    14
    1
    Share

  • Manash Koirala लेख्नुहुन्छ    |   २०७४ पुष २६ गते १९:४४

    Hurry!!

    6
    0
    Share

  • Tek Jung Dhamala लेख्नुहुन्छ    |   २०७४ पुष २६ गते २३:०७

    Dr. K.C., we are expecting your leadership in this country.You are the only one who has the willpower and the ability to guide us. Your clean image and the cause you are fighting will unite all Nepalese. Please continue your fight against these corrupt people and we will support and follow you.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this