Comments Add Comment

झापामा करेण्ट मनोरञ्जन मेला आयोजना हुँदै


२० पुस, काठमाडौं । यशोदा फुड्स प्रालिको ब्राण्ड करेण्ट तयारी चाउचाउले करेण्ट मनोरञ्जन मेलाको आयोजना गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सुगम पेट्रोल पम्प रहेको स्थानमा शनिवारदेखि उक्त मेला आयोजना गर्न लागिएको आयोजनकले जानकारी दिएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

मेलामा प्रसिद्ध लोकपि्रय गायकहरू राजेश पायल राई, सविन राई तथा गायिका मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डले आफ्नो रोचक प्रस्तुति पस्कने जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकपि्रय हास्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रु लगायत अन्य थुप्रै कलाकारहरूले आफ्नो मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

मेलामा उपस्थितहरुको मनोरञ्जनका लागि मेला स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको व्यवस्था रहेको पनि जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment