Comments Add Comment

थ्रीस्टारलाई हराउँदै आर्मी खप्तड गोल्डकपको सेमिफाइनलमा

२७ पुस, कैलाली । लामो समयपछि फुटबलमा फर्किएको लिग च्याम्पियन थ्रीस्टार क्लवलाई हराउँदै बिभागीय टोली त्रिभुवन अार्मी क्लव सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय टोलीका स्ट्राइकरहरुको बाहुल्य रहेको आर्मीले धनगढी क्षेत्रीय रंगशालामा भएको खेलमा थ्रीस्टारलाई २-१ गोलले हरायो ।

खेलको छैटौं मिनेटमै नवयुग श्रेष्ठको गोलमार्फत आर्मीले अग्रता लियो । यद्यपी पहिलो हाफमा खेलमा थ्रीस्टार हावी भएको थियो । तर, गोल गर्न भने सकेन ।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा आर्मीले अग्रता दोब्बर बानायो । डिफेण्डर सुमन अर्यालले गोल गरेका थिए । ५३औं मिनेटमा थ्रीस्टारले सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

घरेलु फुटबलमा त्रिभुवन आर्मी निक्कै उत्कृष्ट लयमा छ । उसले यसअघि झापाको शिवसताक्षी र काकडभिट्टा गोल्डकप फुटबलको उपाधि उचालेको थियो ।

१५ महिनापछि फुटबलमा फर्किएको थ्रीस्टारले भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment