Comments Add Comment

३० जनाले खोलेको सहकारीको ३ वर्षको कारोवार ४४ लाख

२८ पुस, गुल्मी । गुल्मीको एक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना कालको छोटो समयमा राम्रो आर्थिक कारोवार गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं. १ अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वाषिर्क साधारण सभासम्म आइपुग्दा सहकारीले ४३ लाख ९७ हजार, ११८ रुपैयाँ बरावरको आर्थिक कारोवार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताए ।

०७० सालमा ३० जना कृषकहरु मिलेर सुरुआत गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले विविध कृषि र पशुजन्य कामको लागि सदस्यहरुलाई १ लाखसम्म ऋण प्रदान गर्दै आएको छ ।

साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने २ जना उत्कृष्ट अगुवा कृषकहरुलाई प्रोत्सान स्वरुप सम्मान समेत गरेको थियो । कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने ३ जना शेयर सदस्यका छोराछोरीहरुलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे ।

चौथो साधारणसभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारी मार्फत सुत्केरी भत्ता,मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नँया कार्यक्रमहरु कृषि सहकारी अगाडि बढाउने संस्थाका संस्थापक बुद्धप्रकाश पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment