Comments Add Comment

तरुल खन्न गएका बालकको ढुंगामा च्यापिएर मृत्यु


२९ पुस, अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका एक बालकको ढुंगामा च्यापिएर ज्यान गएको छ ।

रामारोशन– ५ का नरबहादुर बटालाका १२ वर्षीय छोरा श्याम बटालाको घर नजिकै तरूल खन्ने क्रममा ढुंगामा च्यापिएर मृत्यु हो ।

प्रहरीका अनुसार, स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत बटाला ठूला बुवासँगै तरुल खन्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment