Comments Add Comment

अन्तर कलेज सिक्स ए-साइड फुटबलको उपाधि टाइम्सलाई

३० पुस, काठमाडौं । कुमारी कलेजको अयाोजनामा भएको केब्स अन्तर कलेज सिक्स ए-साइड फुटबल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ ।

आइतबार भएको फाइनलमा अनिश कार्कीको एक मात्र गोलको सहयोगमा टाइम्सले जेम्स कलेजलाई पराजित गर्दै उपाधि जितेको हो । कार्कीले खेलको ७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

प्रतियोगितामा सर्बाधिक ४ गोल गर्दै टाइम्सका खेलाडी अनिश कार्की उत्कृष्ट स्ट्राइकर चुनिए भने टाइम्सकै गोलकिपर सन्तोष महत उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै, आइडियलका सगर तामाङ उत्कृष्ट डिफेन्डर र जेम्सका भुपेन राजकोटी उत्कृष्ट मिडफिल्डर भए ।

त्यसैगरी, तेस्रो स्थानको लागि आज भएको खेलमा आइडियलले विट्सलाई ३-१ ले हरायो ।

उपाधिसँगै टाइम्सले २५ हजार र उपबिजेता जेम्सले १५ हजार पुरस्कार पायो ।

कुमारी इङलिस बोर्डिङ स्कुल (केब्स) को आयोजनामा भएको प्रतियोगितामा राजधानीका ११ कलेजका १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment