२ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको छ ।
राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय पार्टीका नेताहरुलाई बोलाइएको आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । मतदाता नामावली सार्वजनिक ७ गते गर्ने कार्यतालिका छ ।
तर, प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन । ५ गतेभित्र प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने आयोगको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4