Comments Add Comment

कैलाली जिल्ला फुटबल संघको अध्यक्षमा शाह निर्विरोध

३ माघ, कैलाली । कैलाली जिल्ला फुटबल संघको अध्यक्षमा मोहितकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

संघको सातौ साधारणसभाबाट अध्यक्षमा शाह लगायत अन्य सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु निर्विरोध निर्वातिच भएका हुन् ।

संघको उपाध्यक्षहरुमा अनिलकुमार मल्ल, राघवेन्द्र कार्की र सुरेश हमाल निर्वाचित भएका छन् । सदस्यहरुमा ठक्कर देउवा, चन्द्रदेव बम, गोपालप्रसाद चौधरी निर्वातिच भएका छन् ।

यस्तै अन्य सदस्यहरुमा बाधुराम चौधरी, जितेन्द्रकुमार बोगटी ‘बोश’, रजबहादुर थापा, विनोद विष्ट, राजेश गिरी र रीता कुमारी चौधरी निर्वाचित भएका छन् ।

संघको पहिलो बैठकले अन्य पदाधिकारीहरुको टुंगो लगाउने नवनिर्वाचित अध्यक्ष शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment