Comments Add Comment

सुर्खेतमा सपथ खान हेलिकोप्टर चार्टर

७ माघ, काठमाडौं । प्रदेश ६ का प्रदेशसभा सदस्यहरु सपथग्रहण गर्न हिलिकोप्टर चार्टर गरेर सुर्खेत पुगेका छन् ।

प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशसभा सदस्यहरुसहित २७ जना नेपाली सेनाको हेलिकोप्टरमा अस्थायी मुकाम वीरेन्द्रनगर पुगेका हुन् ।

शनिबारका लागि प्लेन टिकट लिएका उनीहरु उडान नभएपछि आइतबार विहानै हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका हुन् ।

समानुपातिकतर्फ सांसद बनेकाहरु प्रमाणपत्र ग्रहण गर्न काठमाडौंमा आएका थिए भने अन्य प्रदेश सदस्यहरु पनि काठमाडौं मै थिए ।

प्रदेश ६ का सदस्यहरुको सपथग्रहण आज विहान ११ बजे जिल्ला समन्वय समितिको कार्यालय हुने जनाइएको छ ।

प्रदेश ६ मा ४० सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment