+
+

परशुराम नगरपालिकामा न्यानो लुगा किन्दा भ्रष्टाचार

 आशिष मल्ल आशिष मल्ल
२०७४ माघ ८ गते ९:३५

८ माघ, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा न्यानो लुगा खरीदमा अनियमितता भएको पुष्टि भएको छ । कुल ९ लाखको लुगा खरिदमा ३ लाख २० हजार ४१९ रुपैयाँ अनियमितता भएको छानबिन समितिले ठहर गरेको हो ।

नगर कार्यपालिका बैठकले ज्येष्ठ नागरिकका लागि न्यानो लुगा खरिद गर्दा अनियमितता गर्ने परशुराम नगरपालिकाका सूचना अधिकारी जगन्नाथ जोशीमाथी कारवाहीको माग गरेको छ । बैठकले अनियमितता गरेको रकम सोधभर्नासहित कारवाही गर्न नगर प्रमुख भिम बहादुर साउँदलाई आग्रह गरेको छ ।

यसअघि नगरपालिकाले छनविनका लागि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य केशव बोहराको संयोजकत्वमा समिति गठन गरेको थियो । मुख्य तीन वडाका राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समितिमा नेकपा एमालेबाट गणेशबहादुर सिंह, नेपाली कांग्रेसबाट कैलाश कुमार, पाण्डे, नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?