Comments Add Comment

दिपायलमा प्रदेश राजधानी माग्दै सांसद नै धर्नामा

९ माघ, डोटी । प्रदेश नं. ७ को राजधानी माग गर्दै दिपायलमा सांसद नै आन्दोलनमा उत्रिएका छन् ।

सरकारले माघ ३ गते तोकेको प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढीमा आइतवार शपथग्रहण गरी सोमबार गृहजिल्ला डोटी पुगेका सांसद त्रिलोचन भट्ट आफै मंगलबार धर्ना बसेका छन् ।

भट्ट मंगलबार दिउँसो १२ बजेदेखि अन्य आन्दोलनकारीहरुसँगै क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि धर्ना बसेका हुन ।

प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग राख्दै पुष १२ गतेदेखि जारी आन्दोलनमा सांसद भट्ट मंगलबार आन्दोलनमा सहभागी भएका हुन् ।

सरकारले अस्थायी मुकाम धनगढी तोके लगत्तै भट्टले यस अघिनै एक विज्ञप्ती जारी गर्दै खेद व्यक्त गरेका थिए ।

आन्दोलन संयोजन समितिले तय गरेको क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम अन्तरगत सांसद भट्ट क्षेत्रीय प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन ।

डोटी प्रदेश सभा ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद भट्ट राजधानी दिपायल कायम गर्नका लागि आफूले हरप्रयत्न गर्ने बताएका छन् ।

आइतवार धनगढीमा शपथग्रहण भइरहँदा जनप्रतिनिधिहरुले आफूहरुको कुरा नसुनेको भन्दै आन्दोलनकारीहरुले सांसद भट्ट लगायतका जनप्रतिनिधिहरुका पुत्ला जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment