Comments Add Comment

वामलाई मधेसी गठबन्धनको प्रस्ताव : प्रदेश २ मा कांग्रेसलाई शून्य बनाऔं

फाइल फोटो

९ माघ, काठमाडौं । मधेसी गठबन्धनले वाम गठबन्धनसामू राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राखेको छ ।

एमाले संसदीय दलको कार्यालयमा मंगलबार एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरुबीच छलफल भएको थियो ।

बैठकमा प्रदेश २ मा स्पष्ट बहुमत पाएको दुई दलसँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए ।

मधेसी दलहरु पनि वाम गठबन्धनसँग तालमेल गर्न सहमत छन् । तर, कसले कति सिट लिने भन्ने टुंगो लागेको छैन ।

अलग अलग लड्दा प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिट मध्ये चार मधेसी गठबन्धनले जित्ने देखिन्छ भने वाम गठबन्धन र कांग्रेसले २-२ सिज जित्नेछन् । कांग्रेस र मधेसी दलहरु मिले पनि वाम गठबन्धनको दुई सिट सुरक्षित हुनेछ । तर, वाम र मधेसी गठनबन्धन मिल्दा प्रदेश २ मा कांग्रेस शून्य हुनेछ ।

स्रोतका अनुसार बैठकमा मधेसी दलहरुले ६ मध्ये ६ सिट आफूहरुलाई दिन माग गरेका छन् । तर, वाम गठबन्धनका नेताहरुले कांग्रेसलाई शुन्य बनाउँदा आउने २ सिट मध्ये एकएक सिट लिने प्रस्ताव गरेको छ ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुले हाम्रो सुरक्षित दुई सिट लिनुस्, बाँकी हामीलाई दिनुस् भन्नु भएको छ । हामीले लाभ आधा आधा गरौं भनेका छौं । यसबारे ३ बजे फेरि छलफल गर्छौ ।’
एमाले र माओवादीका नेताहरुले राष्ट्रियसभामा तालमेल भए यो सहकार्य सरकारसम्म जाने सक्ने बताएका छन् ।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नि खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी थिए भने फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment