+
+

सिभिल बैंक र लाईफ ईन्स्युरेन्स कर्पोरेसनबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते १७:१२

१० माघ, काठमाडौं ।
सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवाको सुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल -एलआईसी नेपाल) सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।

यस सम्झौताबाट बैंकले एलआईसी नेपालको विविध जीवन वीमा योजनाहरू बिना झन्झट प्रदान गरी आˆना ग्राहकबर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

बैंकले निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?