Comments Add Comment

मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

 १० माघ, मोरङ । दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ बुधबार एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मोरङ कानेपोखरी गाउँपालिका-२ का ५० वर्षीय भिमबहादुर कार्की रहेका छन् । को२८प २३२२ र को२प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को२प ७९ नम्बरको मोटरसाइकल चालक कार्कीको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिए ।

अर्का मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय सुजन थापा र पछाडि सवार १९ वर्षीय शिव सिंहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको उनले जानकारी दिए ।

यसैगरी चार दिनदेखि बेपत्ता सुन्दरहैचा-१ की ७५ वर्षीया बेदमाया भुजेल बुधबार बिहान सोही वडामा रहेको पैनीमा डुबेको अवस्थामा मृत भेटिएकी छिन् । भुजेलको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment