११ माघ, काठमाडौं । युवा क्रिकेटर रोहितकुमार पौडेल र अनिलकुमार साह राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।
विश्व क्रिकेट लिग डिभिजन टूका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा अनिल र रोहितले पनि स्थान बनाएका छन् ।
यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । हालै काठमाडौंमा सम्पन्न एभरेष्ट पि्रमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।
अनिल पनि राष्ट्रिय टोलीमा परेको भने पहिलो पटक हो । यद्यपी विश्व क्रिकेट लिग च्याम्पियनपसिपको अन्तिम खेलमा यूएईविरुद्ध खेल्नु अघि दिपेन्द्र सिंह ऐरी घाइते भएपछि अनिलकुमार साहलाई टिममा बोलाइएको थियो । तर, उनले खेल्ने मौका पाएनन् ।
अरु को को छन् टिममा ?
ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र आरिफ शेख छन् ।
यस्तै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र दीलिपनाथ र ललित भण्डारी पनि टोलीमा अटाएका छन् । दिलिपनाथ र ललितले यूएईविरुद्ध खेल्ने मौका पाएका थिए ।
सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीमा परेका छन् ।
डिभिजन टू अर्को महिना नामिबियामा हुँदैछ र नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा घरेलु टोलीविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया 4