Comments Add Comment

८ रन जोड्दा ५ विकेट गुमाएको इंल्याण्ड सम्हालियो, तर ट्राभिसले अष्ट्रेलियालाई जिताए

११ माघ, काठमाडौं । ट्राभिस हेडको ९६ रनको मदतमा अष्ट्रेलियाले चौथो एक दिवसीयमा इंग्ल्याण्डमाथि ३ विकेटको जित हात पारेको छ । पाँच म्याचको श्रृंखलामा अष्ट्रेलियाको यो पहिलो जित हो तर, इंग्ल्याण्डले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

एडिलेडमा १९७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३७ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात राम्रो रहेन । ओपनर डेभिड वार्नर १३ रनमै आउट भए । त्यसपछि कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । तर, ट्राभिसले सम्हालिएर टिमलाई जिततर्फ डोहोर्‍याए ।

उनले ९६ रन बनाए भने शेन मार्सले ३२ रनमा आउट भए । टिम पाइन २५ रनमा अविजित रहे ।

इंग्ल्याण्डका आदिल रशीदले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डको सुरुवात निकै खराब थियो । ८ रन जोड्दा ५ विकेट गुमाएको थियो । उसका चार ब्याट्सम्यान शुन्यमै आउट भएका थिए ।

इयान मोर्गान र मोइन अलीले पारी सम्हाल्ने प्रयास गरे । छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका मोर्गान ३३ रनमा आउट भए । त्यसपछि आएका क्रिस वक्सले आक्रामक पारी खेले ।

अलीले सातौं विकेटका लागि ५१ रनको साझेदारी गरे । आदिल रसिद ७ रनमा आउट भए । टिम क्रोनसँग ६० रनको साझेदारी गरेका वक्सले ७८ रन बनाए । दशौं विकेटका रुपमा आउट भए क्रोनले ३५ रन बननाए ।

अष्ट्रेलियाका पेट कुमिनले ४ विकेट लिए भने जोस हृयाजलउडले ३ विकेट आफ्नो नाममा लेखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment