Comments Add Comment

चित्रसेनकली आमा बनिन्

१३ माघ, सिमरा । अमलेखगञ्जको पर्सा राष्ट्रिय निकुञ्जस्थित  हात्तीसारका कर्मचारीहरु शनिवार बिहानैदेखि सुत्केरी चित्रसेनकलीको स्याहार सुसार र आहार जुटाउनमा व्यस्त छन् ।

शनिवार विहान चित्रसेनले स्वस्थ पोथी छावाको जन्म दिएपछि आमा र छोरीको स्याहार सुसारमा व्यस्त भएका हुन् । यति बेला पर्सा राष्ट्रिय निकुन्ज अमलेखगञ्ज हात्तीसारमा मेला लागे जस्तै भएको छ ।

हात्तीसार वरपरका स्थानीयहरु छावा हेर्न दौडधुप गरिरहेका छन् । उत्साह सँगसँगै व्यस्तता पनि थपिएकोले कर्मचारीहरुले कामको बाँडफाँड गरी कोही खिर पकाउँदै छन्ा् त भने कोहीले उँखु , केरा र पोषिलो घाँसको खोजिमा जुटेका छन् ।

खुशियालीसँगै दरोगा जलेन्ऽप्रसाद चौधरीलाई भने आमा छोरीको सरसफाईसँगै बच्चालाई आमाको दुध चुसाउँन व्यस्त छन् अहिले । उनी मात्र होईन उनका समूहका पछुवा र माहुतहरु पनि सँगसँगै लागि परेका छन् ।

गत विक्रम् सम्वत् २०४१ सलमा स्थापना भएको यो हात्तीसारमा यस अघि भवानीकलीले २०५६ सालमा मृत भाले बच्चा जन्माएकी थिईन् । त्यसपछि १२ वषिर्य कान्छी ढोई चित्रसेनकलीले स्वस्थ्य पोथी छावाको जन्मले निकुञ्जमा नयाँ खुसी थपिएको पर्सा बन्य जन्तु निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

चित्रसेनकली गर्भवती भएको २२ महिना पुरा भई २३ महिना लागे पछि सुत्केरी भएको पनि उनले बताए । २४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुन सक्ने भनी यस अघि चिकित्सकले बताएका थिए ।

बच्चा जन्माउने बेथा लागेपछि आमाले हात खुट्टा चलाएर छावालाई मार्न पनि सक्ने सम्भावना भएकाले उनीहरु हात्तीको नजिकै टेण्ट टाँगेर केहीदिनदेखी निगरानीमा थिए ।

पर्सा राष्ट्रिय निकुञ्ज हात्तिसारमा कार्यकर्ता चित्रसेनकली निकुञ्जको प्रतापपुर पोष्टमा गस्तीका लागि काजमा खटिएको बेला २/३ दिन हराएर त्यहाँ आएको एउटा जंगली मत्ता हात्तिसँग गर्वधारण गरेको दरोगा चौधरीले जानकारी दिए । त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गते तिर गर्भिणी भएको अनुमान गरिएको थियो ।

हात्तीसारमा रहेका १० हात्तीमध्ये चित्रसेनकली समेत अन्य चार ढोई हात्ती मात्र बयस्क तथा प्रजनन क्षमता भएका छन् । गर्भिणी भएको यकिन भए पछि उसलाई अन्य हात्तीका तुलनामा आहार, आराम र सेवा टहलमा विषेश हेरविचार पुर्‍याइएको थियो ।

सामान्य तया हात्तीले गर्भधारण गरेको २० देखि २२ महिना भित्र छावालाई जन्म दिने गरेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment