१४ माघ, काठमाडौं । स्वीस रोजर फेडेररले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । यो उनको छटौं अष्ट्रेलियन ओपन हो भने २० औं ग्राण्डस्लाम ।
३६ वर्षीय फेडेरेर मार्टिन सेलिनलाई ६-२, ६-७, ६-३, ३-६ र ६-१ को सेटमा पराजित गरे । चौथो सेट सेलिनले जितेपछि फेडेरर निकै दबावमा परेका थिए तर, पाँचौ सेटमा सहज जित निकाल्दै अष्ट्रेलियन ओपन जितेका छन् ।
फेडेरर २० वा त्यसभन्दा बढी ग्राण्डस्लाम लित्ने चौथो टेनिस खेलाडी समेत बनेका छन् ।
प्रतिक्रिया 4