Comments Add Comment

नयाँ प्रविधिको ब्रान्डिङ गर्ने थलो बन्यो इन्फोटेक

१५ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । आइतबारसम्म २ लाख १९ हजार ५९१ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।

प्रदर्शनीमा सहभागी बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आमसर्वसाधारणको चासो झनै बढेको आभास गरेका छौं । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कहरुको पनि बाहुल्यता रहेको पाइयो । विभिन्न विशिष्ट व्यक्तिहरुले समेत मेलाको अवलोकन गरे ।

आज माननीय आपूर्ती मन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशी, कलाकारद्वय पल शाह र आँचल शर्मालगायतका विशिष्ट अतिथिले इन्फोटेक अवलोकन गरे ।

इन्फोटेकमा बिजनेश डेको अवसरमा बिजनेश हाउसेसहरुले आˆनो व्यापार प्रवर्द्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेका छन् । यसअन्तर्गत नेपालस्थित अधिकृत विक्रेताहरुले आफूसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदार गरेका छन् । बिजेश डेले स्थानीयस्तरमा प्रविधिको बजार अझै विस्तार हुने अपेक्षा क्यानले गरे ।

इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिब्युसनहरुमध्ये केहीले आज पनि नयाँ उत्पादनहरु विशेष स्किमसहित सार्वजनिक गरेका छन् भने कतिपयले आकर्षक अफरहरु सार्वजनिक गरेका छन् ।

व्यवसायीहरुले ल्याएको नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहारलगायतका अफरहरुले अवलोकनकर्ताहरुलाई थप सुविधा मिलेको छ ।

विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप/कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सˆटवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, पि्रन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज र ट्रेनिङ इन्सटिच्युटहरुले आफ्ना वस्तु र सेवाको ब्रान्डिङ गर्नुका साथै आकर्षक क्यान अफर समेत राखेका छन् ।

शीर्ष प्रायोजक सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवर्द्धन गर्न दुई महिनासम्म क्लियर टिभी पि्रमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । इन्फोटेकको सहशीर्ष प्रायोजक कम्पनी मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ ।

प्लाटिनम स्पोन्सर वल्र्डलिंकले ल्याएको नयाँ प्रविधि स्मार्टहबमा अवलोकनकर्ताको निकै आकर्षण रहेको पाइयो । यो प्रविधिमार्फत् मोबाइल एपबाट घरको ढोका लक गर्न, लाइट अफ गर्न, त्यहाँको गतिविधि निगरानी आदि कार्य गर्न सकिन्छ ।

मेलाकै अवसर पारी नेपालमा सार्वजनिक गरिएको नयाँ प्रविधिअन्तर्गत पाइना ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ ।

मेलाकै अवसर पारेर हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको छ । साथै हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुटसहित नेपाली ग्राहकका प्रदर्शनी गरिएको छ । हुवावेको नोभा २ मोडलको स्मार्टफोनले प्रयोगकर्ताको मन लोभ्याएको छ ।

साओमी नेपालले एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरुको बजार प्रवर्द्धन क्यान इन्फोटेकमार्फत् गरिरहेको छ ।

लिभ स्मार्ट नामक कम्पनीले ल्याएको वायरलेस डिस्टि्रब्युसन कन्ट्रोल बक्समा अवलोकनकर्ताको आकर्षण निकै देखिएको छ । यो सिस्टमबाट मोबाइल एपमार्फत् घरको एमसी, एलइडी/ट्युबलाइट, फ्रिज, सिएफएल लगायत विद्युतीय सामाग्रीहरु खोल्न बन्द गर्न एवं निगरानी गर्न सकिन्छ । मेलामा नेपालमै बनेका सफ्टवेयरहरुको विशेष प्रदर्शनी गरिएको छ ।

साथै स्टार्टअप र विद्यार्थीले बनाएका विभिन्न आइटी र इन्जिनियरिङ प्रोडक्टहरुले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको छ ।

मेलामा नागमणी, म्याक्स इन्टरनेश्नल, नारायणी मेगाटेक लगायतका कम्पनीहरुले ल्याएका ल्यापटपलगायतका प्रविधिहरुको व्यावसायिक प्रवर्द्धन गरिरहेको छ ।

मेलामा मेरो टिभीले लाइकमा बाइक अफर ल्याएको छ, जसअन्तर्गत मेरो टिभी मोबाइल एप डाउनलोड गरेका प्रयोगकर्तामध्ये एकले होन्डा बाइक जित्न सक्नेछन् । एन्टिभाइरसअन्तर्गत ई सेट एन्टिभाइरसमा प्रयोगकर्ताले २० देखि ५० प्रतिशत सम्मको छुट तथा मास्क,कप र १६ जीवि सम्मको युएसबि ड्राइभ समेत प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्मको छुटका साथमा एक हजार रुपियाँ पर्ने ल्यापटप ब्याग निःशुल्क दिइएको छ । त्यस्तै ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिइएको छ । त्यस्तै डिटिसी मोबाइल खरिदमा २५ सय एमएएचको पावरबैंक निःशुल्क दिइएको छ ।

प्रदर्शनीमा फोटोकपी, पि्रन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन/ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरुले आफ्ना प्रडक्टको प्रवर्द्धनमा आकर्षक अफर ल्याएका छन् ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्टि्रव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्िटच्युटस्, सˆटवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी २२२ स्टल रहेका छन ।

इन्फोटेक माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment