Comments Add Comment

सन्दिपभन्दा पनि कान्छा अफगानी स्पिनर, जो चार करोडमा बिके

१५ माघ, काठमाडौं । १७ वषिर्य नेपाली स्पिनर सन्दिप लामिछाने आईपीएलमा छानिएपछि टक अफ दि टाउन बनेका छन् । तर, उनीभन्दा एक वर्ष कान्छा एक अफगानी क्रिकेटर उनीभन्दा निकै महंगो मूल्यमा आईपीएलमा अनुवन्धित भए ।

१६ वर्षीय अफगानी स्पिनर मुजिब जद्रानलाई किङ्स ११ पञ्जाबले ४ करोड भारुमा खरिद गरेको हो । जबकी नेपालका सन्दिपले २० लाख मात्र पाएका छन् ।

‘अंग्रेजी होइन, हिन्दी पनि होइन । म पाश्तो मात्रै बोल्छु,’ अन्तरवार्ताका लागि अनुरोध गरिएपछि मुजीब जद्रानले आफ्नो इच्छाएको भाषा प्रष्ट पारे ।

चाखलाग्दो कुरा के भने मुजिब क्रिकेटभन्दा बढी फुटबलका फ्यान रहेछन् । रियल मड्रिड उनको प्रिय क्लब हो भने क्रिस्टियानो रोनाल्डो पि्रय खेलाडी । उनी रियल मड्रिडको कुनै पनि म्याच छुटाउँदैनन् । तर, यहाँ फुटबलको नभएर क्रिकेटको कुरा हुन गइरहेको छ ।

१६ वर्षको उमेरमै मुजिबले क्रिकेट खेल्ने क्रममा यूएई, भारत, बंगलादेश र न्यूनिल्याण्डको भ्रमण गरिसके ।

दुई महिनापछि आइपीएल खेल्न भारत आउनेछन् र किङ्स ११ पञ्जाबमा आवद्ध हुनेछन् ।

गत नोभेम्बरमा मुजीबलाई थाहा भएको थियो कि उनले यो आइपीएलमा चान्स पाउँदैछन् । क्वालालम्पुरमा आयोजित यू-१९ एशिया कपका क्रममा उनले अफब्रेक, लेगब्रेक, क्यारम बल र गुगलीहरु फ्याकेको हेरिसकेपछि दुई टिमका ट्यालेन्ट स्काउटहरुले उनीमाथि चाख लिएका थिए । उनीहरु मुजीबबाट प्रभावित बने ।

तर, त्यसपछि मुजीबसँग उनीहरुको सम्पर्क भएन । उनले अक्सनका लागि नाम भने लेखाए ।

त्यसबेलासम्म उनी बंगलादेश प्रिमियर लिगका लागि कोमिल्ला भिक्टोरियन्ससँग अनुबन्धित भइसकेका थिए । साथै यूएईमा आयोजित पहिलो टि-१० लिगको पनि अंश बने, जहाँ आफ्नो पहिलो विकेटका रुपमो इयोन मोर्गेनलाई आउट गरे ।

आईपीएलमा आवद्ध हुँदा भने उनी आफ्नो बेस प्राइस मात्रै पाएको भए पनि खुशी हुने थिए । मुजीबको परिवारलाई राम्ररी चिनेका अफगानिस्तानका सहायक प्रशिक्षक खालिक दाद भन्छन्, ‘उनलाई पैसाको कुनै समस्या छैन ।’

मुनीब ३ महिनाको हुँदा नै उनका पिताको देहान्त भएको थियो । उनी मावलीमा हुर्केका थिए । कावुलबाट दक्षिण खोस्ट प्रान्तमा उनको परिवारका सयौं एकड जमिन छ । घरको कम्पाउन्डभित्र ठूलो खेल्ने ठाउँ छ भने एउटा सानो चिडियाघर पनि छ । बच्चादेखि नै उनी सुखशयलमा हुर्किएका हुन् ।

‘मैले तीन-चार वर्ष अगाडिबाट मात्रै क्रिकेट खेल्न थालेको हुँ’ मुजीबले पाश्तो भाषामा भने, ‘मैले यूट्युबमा सुनील नारिन, आश्विन र अजन्ता मेन्डिसको भिडियो हेरेर आफूलाई निखार्दै गएँ ।’ मुजीबलाई उनका दाइ पर्ने नूर अलि जद्रानले मार्गदर्शन गरेका थिए, जो अहिले अफगानिस्तानको राष्ट्रिय टिमका कप्तान छन् ।

त्यसपछि मुजीबले आफ्नो गुगलीको कथा सुनाए, ‘एक दिन साथीको बलिङमा म ब्याटिङ गरिरहेको थिएँ । उसले लेग स्पिनर फ्याकेजस्तो लाग्यो त,र बल फर्किएर मतिर आयो अनि म बोल्ड भएँ । त्यसपछि मैले सोधेँ, तिमीले कसरी यो गर्‍यौ ? उसले मलाई यसरी बलिङ गर्न सिकायो । त्यसपछि मैले लगातार यो बलिङको अभ्यास गरेँ ।’

१३ वर्षको हुँदा मुजीबले खोस्ट प्रान्तमा आयोजित अन्डर-१६ ट्रायलमा भाग लिए तर, मुख्य टिममा छनोट हुन सकेनन् । तर, अर्को वर्षको ट्रायलमा उनी छनौट भए । अनि उनले राष्ट्रिय टिमविरुद्ध बलिङ गर्ने अवसर मात्र पाएनन्, तरंग ल्याइदिए ।

‘एउटा क्याम्पमा सिनियर टिमलाई बलिङ गरिरहेको थियो र म अम्पायरिङ गरिरहेको थिएँ । उनले एउटै स्पेलमा ६ ब्याट्सम्यानलाई आउट गरे,’ सहायक प्रशिक्षक दाद भन्छन्, ‘राष्ट्रिय टोलीका खेलाडीहरु उनको भेरियसन बुझ्न सकिरहेका थिएनन् ।’

मुजीबले स्पिन बलिङ गर्ने कला खासमा आफैंले सिर्जना गरेका हुन् । उनले यति कलिलो उमेरमै एकदिवसीय क्रिकेट खेलिसकेका छन् ।

आयरल्यान्डविरुद्ध खेलेको पहिलो म्याचमा नै उनले ४ विकेट लिएर म्याच विनिङ प्रदर्शन गरेका थिए । अन्डर-१९ एसिया कपमा उनले २० विकेट लिएर अफगानिस्तानलाई उपाधि दिलाए । बंगलादेशविरुद्धको युथ ओडीआई सिरिजमा उनले १७ विकेट चट्काएका थिए, जुन आफैंमा एउटा कीर्तिमान हो ।

अब उनी अफगानिस्तानले भारतविरुद्ध खेल्न लागेको पहिलो टेस्ट क्रिकेटमा मौका पाउने आशामा छन् ।

मुजीबको अगाडि अब दुई महत्वपूर्ण खुड्किला छन्, पहिलो मार्चमा हुने वर्ल्डकप क्वालिफायर र अप्रिल-मेमा हुने आईपीएल । उनका अग्रज अफगानी खेलाडी मोहम्मद नाबी र रशिद खानले यसअघि नै आईपीएल खेलेर सफलता हासिल गरिसकेकाले मुनीबबाट पनि धेरै आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment