Comments Add Comment

राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, अब ३२ पदमा चुनाव हुने

प्रदेश २ का सबै ८ जना निर्विरोध

फाइल फोटो

१५ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिनसम्म २४ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

जस अनुसार प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

५६ सदस्यका लागि हुने निर्वाचनमा अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ । आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरेको छ । निर्वाचन चिहृन पाएसँगै उम्म्ेदवारले चुनाव प्रचार प्रसार सुरु गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचित हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment