
१६ माघ, रियाद । साउदी अरबले विदेशी कामदारले काम गर्न नपाउने १२ वटा नयाँ क्षेत्र तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्री अली अल-घाफिसले गरेको मन्त्रीस्तरीय निर्णयका आधारमा क्षेत्र तोकिएका हुन् ।
स्वदेशी नागरिकलाई सशक्तीकरण गर्ने तथा उनीहरुलाई निजी क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यले यस्तो निर्णय लिइएको जनाइएको छ । आउँदो सेप्टेम्बरबाट यो लागू हुनेछ ।
मन्त्रालयका प्रवक्ता खालेद अबालखेलका अनुसार १२ क्षेत्र यस प्रकार छन्ः घडी, चश्मा, मेडिकल औजार तथा उपकरणहरू, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरू (सामग्री), गाडीका पार्ट पुर्जाहरू, निर्माण सामग्रीहरू, कार्पेट, गाडी तथा मोटर साइकल, घर तथा कार्यालयका फर्निचरहरू, बच्चाहरूका लुगाफाटा तथा पुरूषहरूका सर सामान, घर तथा भान्सामा प्रयोग हुने भाँडाकुँडा र चकलेटहरू ।
मन्त्रीस्तरीय निर्णयबाट परिभाषित क्रियाकलाप तथा पसलहरुमा महिला जनशक्ति भर्ती गर्दा नियमको पालना गर्नुपर्ने उनले बताए । ‘यो शर्त अरु साउदीकरणका घोषणाहरुसँग बाझेको छैन’ उनले भने ।
प्रवक्ता अबालखेलका अनुसार नियम उल्लंघन गर्नेहरुमाथि कारवाही गरिनेछ । साथै माथि उल्लेखित कामहरु साउदीकरण गर्न र सम्वन्धित अधिकृतहरुसँग समन्वयका लागि कार्यक्रम विकास गर्न समिति बनाइने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4