Comments Add Comment

फागुन ३ गतेदेखि भक्तपुरमा मेयर कप भलिबल प्रतियोगिता

१६ माघ, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ३ गतेदेखि ८ गतेसम्म अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताका बारेमा मंगलबार रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिएका हुन् ।

उनले खेलकुद खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने बताए ।

गएको पुस १९ गते बसेको नगरपालिकाको बोर्ड बैठकले भलिबल खेललाई प्राथमितामा राखेर यसको विकासका लागि प्रतियोगितागर्ने निर्णय गरेको उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मूल समिति समेत गठन गरिएको छ ।
प्रतियोगितामा ४० देखि ५० वटा नगरको सहभागिता हुने बिश्वास गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश एक लाख ५१ हजार, ७५ हजार, ३० हजार र २० हजार नगद पुरस्कारका व्यवस्था गरिएको नगरपालिकाले बताएको छ ।

साथै प्रत्येक टिमलाई प्रतिखेल प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरिनेछ ।

अहिले पनि भक्तपुर नगरपालिकाकै आयोजनामा भलिबल, फुटबल, टेबलटेनिस बक्सिङ लगायतका पाँच वटा खेलको प्रशिक्षण भइरहेको छ ।

कार्यक्रममा नगरपालिकाका उपमेयर रजनी जोशी, ७ नं वडाका अध्यक्ष उकेश कवां, १ नं वडाका अध्यक्ष श्याम खत्री, भलिबलका अन्तराष्ट्रिय प्रशिक्षक गौतम लासिवा, जिल्ला भलिबल संघका अध्यक्ष बिनोद चरण रायले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र संरक्षणमा नगरपालिकाले खेलको भूमिका प्रसंशनीय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment