१६ माघ, काठमाडौं । म्यानचेष्टर सिटीले फ्रान्सेली डिफेण्डर आइमेरिक लापोर्टलाई क्लबको कीर्तिमानी मूल्यमा भित्र्याएको छ ।
लापोर्ट ५७ मिलियन पाउण्डमा स्पेनिस क्लब एथ्लेटिको बिल्बाओबाट म्यानचेष्टर सिटी आएका हुन् । यो सिटीले कुनै पनि खेलाडीलाई खर्चिएको ठूलो रकम हो । यसअघि २०१५ मा केभिन डि ब्रुयेनलाई ५५ मिलियन खर्चिएको थियो ।
२३ वषर्ीय लापोर्टले पेप ग्वार्डिओलाको मातहतमा काम गर्न आतुर रहेको बताएका छन् ।
कप्तान भिन्सेन्ट कोम्पनी चोट मुक्त नभएको तथा मानगालामाथि पूर्ण विश्वस्त हुन नकिरहेका बेला ग्वार्डिओलालाई टिममा जोन स्टोन्स र ओटामेन्डी बाहेक अर्का एक डिफेण्डर चाहिएको थियो, जुन लापोर्टले पुरा गर्नेछन् ।
प्रतिक्रिया 4