+
+

पक्राउ परेका ‘नक्कली डाक्टर’ अधिकांश चिनियाँ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते १७:१९

१७ माघ, काठमाडौं । ‘नक्कली डाक्टर’को आरोपमा पक्राउ परेका अधिकांश चिनियाँ भएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा पाँच अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरेको थियो ।

उनीहरु मध्ये १४ डाक्टर हुन् भने ३ अस्पताल सञ्चालक । पक्राउ परेका डाक्टरमध्ये एक जना अष्ट्रेलियन छन् भने बाँकी सबै चिनियाँ भएको खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले नेपालका अस्थायी वा स्थायी कुनै पनि काम गर्न अनुमति लिएका छैनन् भने मेडिकल काउन्सिलले लिने परीक्षा पनि पास नगरेको पाइएको छ ।

प्रहरीले एपोलो अस्पताल, ठमेलबाट ९ जनालाई पक्राउ परेको थियो । पक्राउ परेकाहरु मध्ये मीनाकुमारी श्रेष्ठ अस्पताल सञ्चालक हुन् भने ८ जना चिनियाँ नागरिक हुन् ।

सीआईडब्लूईसी अस्पतालबाट भने अष्ट्रेलियन नागरिक र अस्पताल सञ्चालक प्रतिभा पाण्डे पक्राउ परेका छन् । चाइना ग्रेट वाल हेल्थ सेन्टर, बौद्धबाट दुई चिनियाँ र सञ्चालक नारायण तिमिल्सिनालाई पक्राउ गरिएको छ ।

चाइना पिपुल हस्पिटल बौद्धबाट दुई चिनियाँ र चाइना डेन्टल हस्पिटलबाट एक चिनियाँलाई पक्राउ गरिएको छ । अनधिकृत रुपमा काम गरेको तथा चिकित्सकीय अध्ययन नभएकाहरुले अस्पताल चलाएको उजुरीका आधारमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सीआईबीले पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमाति लिएको छ । प्रहरीले उनीहरुविरुद्ध ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?