Comments Add Comment

आमिरको फिल्मले चीनमा धुम मच्याएपछि…

दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनबीचको सम्बन्ध न्यानो छैन । उदयीमान यी दुई शक्तिराष्ट्रबीच बेलाबखत ठाकठुक परिरहन्छ । र, दुबैले एकअर्काे मुलुकमा आफ्नो प्रभुत्व जमाउने दाउपेचमा रचिरहन्छ । यहि पृष्टभूमीमा भारतिय सिनेमाले चीनमा आफ्नो प्रभूत्व विस्तार गर्दैछ ।

बलिउड फिल्मले उत्तरी चीनका दर्शक रिझाउन थालेका छन् । र, यसमा मिस्टर प्रफेक्सनिस्ट आमिर खानको खास भूमिका छ ।

आमिरको फिल्म ‘दंगल’ चीनका हलहरुमा प्रदर्शन भए । अहिले त्यही सिलसिला पच्छ्याएको छ, सेक्रेट सुपरस्टारले । हुन त यसअघि सलमान खान स्टारर फिल्म ‘ट्युबलाइट’ पनि चीनमा प्रदर्शन भए । तर, आमिर खानको फिल्मले जस्तो हगांमा भने मच्याएन ।

अहिले आमिरको फिल्म ‘सेक्रेट सुपरस्टार’ चिनियाँ हलहरुमा धुमधामका साथ चलिहरेको छ । भनिन्छ, आमिरको यो फिल्मले चिनियाँ दर्शकबाट भारु चार सय करोड बटुलेको छ । केहि दिनमै फिल्मले यति धेरै रकम आर्जन गरेको हो ।

अद्वैत चन्दनले निर्देशन गरेको यो फिल्म सानो बजेटमै तयार भएको हो । यो फिल्मको कुल बजेट आमिरले एउटा फिल्मबाट लिने पारिश्रमिकभन्दा कम छ । कुनै तामझाम बिना नै फिल्म रिलिज भएको थियो । फिल्मले ओपनिङ बिजनेस उल्लेख्य गरेन । यद्यपी त्यसपछिका दिनमा भने यो फिल्मले निकै चर्चा पायो । माउथ पब्लिसिटीकै भरमा फिल्म दुई, तीन सातासम्म हलमा चलिरह्यो ।

सामान्य पारिवारिक कथामा बनेको फिल्मले अहिले चिनियाँ दर्शकलाई पनि लोभ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment