Comments Add Comment

प्रदेश संसदका २६ कर्मचारी गायब !

प्रदेशसभा ३ को बैठक कक्ष । तस्वीर: चन्द्र आले/अनलाइनखबर

१८ माघ, हेटौंडा । सामान्य प्रशासन मन्त्रालयले तीन नम्बर प्रदेशको संसद सञ्चालनका लागि २७ जना कर्मचारी पठाउने निर्णय गरेको छ । तर, प्रदेशसभाको बैठक हुने दिन बिहानसम्म ती कर्मचारीमध्ये एकजना मात्रै हेटौंडा पुगेका छन् ।

संसद सचिवालयबाट प्रदेशमा खटाइएका ६ जना मर्यादापालकसहित सचिवालयका ३ जना सिनियर कर्मचारीहरु मात्रै हटौंडामा छन् । संसद सचिवालयबाट एक महिनाका लागि सहसचिव डा. रोजनाथ पाण्डे, उपसचिव अधिराज राई र शाखा अधिकृत विनोद पौडेललाई खटाइएको छ र उनी हेटौंडा पुगिसकेका छन् ।

तर, तालिम दिनेहरु कार्यस्थलमा पुगे पनि विहीबार बिहानसम्म सामान्य प्रशासन मन्त्रालयले खटाएका २६ कर्मचारीहरु तालिम लिनका लागि त्यहाँ हाजिर भएनन् । सामान्य प्रशासन मन्त्रालयले खटाएका २७ कर्मचारीमध्ये विहीबार बिहान ११ बजेसम्म एकजना कर्मचारीमात्रै सम्पर्कमा पुगेको प्रदेश सचिवालयले अनलाइनखबरलाई जानकारी दियो ।

प्रदेशमा संसदीय अभ्यास पहिलो भएकाले कर्मचारीहरुलाई तालिम र प्रशिक्षणको आवश्यकता छ । तर, उनीहरु बैठक सुरु हुने बेलासम्म प्रदेश सचिवालयमा भेटिएनन् । यसले गर्दा केन्द्रीय संसदको सचिवालयका कर्मचारी र हेटौडाका केही सरकारी कर्मचारीकै भरमा बैठक अघि बढाउनुपर्ने स्थिति देखिएको छ ।

अहिले बैठकको तयारी सहसचिव डा. रोजनाथ, उपसचिव अधिराज र शाखा अधिकृत विनोदले गरिरहेका छन् ।

साथै आधादर्जन मर्यादापालकहरु पनि बिहानैदेखि सभास्थलमा भेला भएर सेल्फी खिच्न व्यस्त देखिएका छन् ।

यो पनि पढ्नुहोस्

हेटौंडाको संसदः हेर्नुस् ८ तस्वीर

होटलमा सांसदलाई छुटः भातमा ४०, कोठामा १५ प्रतिशत

कर्मचारी नहुँदा प्रदेश ४ को बैठक तयारीमा अलमल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment