+
+

प्रहरी जवान १८ हजार घूससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १६:०१

१८ माघ, भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई नगद १८ हजार नगदसहित रंगेहात पक्राउ गरेको छ ।

प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ ।

थापाले घूस मागेको सेवाग्राहीले दिएको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापाको थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?