Comments Add Comment

ठमेलको सातघुम्तीमा एनबीको नयाँ एटीएम


१९ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तिमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५०औं एटीएम सेवा हो ।

बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरे । यस सेवाले ठमेल क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।

बैंकले चालु आवको दोस्रो त्रैमासिकसम्ममा ४३ करोड ८० लाख खुद मुनाफा आर्जन गरेको छ । सो अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment