Comments Add Comment

लाङटाङ सद्भावना दूत अशोक सिलवाल सम्मानित 

१९ माघ, काठमाडौं । लाङटाङ सदभावना दूत अशोक सिलवाल सम्मानित भएका छन् । नेपाल पर्यटन व्यवसायी संघ (निट) को आयोजनामा राजधानीमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई पच्चीस हजार राशीसहितको सो सम्मान प्रदान गरेका हुन् ।

विनाशकारी भूकम्प र हिमपहिरोले मानवविहीन बनेको लाङटाङ क्षेत्रमा पैदल मार्गबाट पुगी त्यहाँको अवस्थालाई ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकका दुई वृत्तचित्रमार्फत सार्वजनिक गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन योगदान पुर्‍याएको उनलाई सम्मान गरिएको हो ।

यसअघि सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूतको उपाधिसहित सम्मान गरेको थियो । उनलाई ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले पनि सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment