+
+

भावी मुख्यमन्त्रीको प्रस्तावः सानो मन्त्रीमण्डल बनाऊँ

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ माघ २० गते १७:१०
फाइल फोटो

२० माघ, दाङ । नेकपा एमाले प्रदेश ५ संसदीय दलका नेता एवं वाम गठबन्धनका मुख्यमन्त्रीका साझा उम्मेदवार शंकर पोखरेलले चुस्त र सानो मन्त्रीमण्डलको प्रस्ताव गरेका छन् ।

माघ २४ को राष्ट्रियसभा निर्वाचनपछि प्रदेश सरकार गठन प्रक्रिया सुरु गर्ने वाम गठबन्धनको तयारी छ । प्रदेशमा वाम गठबन्धनको स्पष्ट बहुमत छ र चुनाव अघि नै पोखरेलको नाममा सहमति जुटिसकेको छ ।

भावी मुख्यमन्त्री पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै कामलाई प्रभावकारी बनाउनको लागि चुस्त र सानो मन्त्रीमण्डल आवश्यक भएको बताए ।

माओवादी केन्द्रसँग छलफल भइरहेको जानकारी दिँदै उनलेभने, ‘अब सरकार कति सदस्यीय बन्ने भनेर दुई दलबीच बैठक बसेर निर्णय गर्छौं तर, ठूलो मन्त्रीमन्डल बनाउँदा काम गर्न प्रभावकारी हुँदैन भन्ने मेरो भनाइ छ ।’

एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारमा ७०/३० को भागभण्डा गर्ने सहमति केन्द्रीय स्तरमा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?