+
+

पर्दामा तक्मेको बिहे, सालीसँग ईलु ईलु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १७:११


तक्मे बुढा दुलहा बनेर टुप्लुक्क झुल्किए । उनी गुरुङ पहिरनमा ठाँटिएका थिए । लजाउँदै जग्गेमा बसे । दुलहीलाई हेरेर मुस्कुराए ।

कुरा लुकाइरहनु परेन, उनी अनस्त्रिmन दुलहा बन्दै थिए । फिल्मको नाम जुराइएको छ, ‘साली कसको भेनाको ।’ लोकेसन, धम्पुस ।

गुरुङ वस्तीलाई पृष्टभूमीमा राखेर दीर्घ गुरुङ बिहेको दृश्य फिल्मांकन गरिरहेका थिए । भद्र भुजेल चाहि निर्देशन । फिल्मलाई प्रसाद श्रेष्ठले लगानी गरेका रहेछन् । उनी सन्तान, कान्छी, कर्जा जस्ता फिल्मका निर्माता हुन् ।


यहि फिल्मबाट विल्सन विक्रम राई अर्थात तक्मे बुढा मूख्य भूमिकामा देखिदैछन् । चुस्स दाह्री पालेका तक्मे दुलहाको ठाँटमा निकै खुलेका थिए । उनकी दुलही रहिछिन्, रजनी गुरुङ । फिल्ममा रजनीसँगै मरीष्का पोखरेल, सुष्मा कार्की, बुद्धि तामाङ, रवी गिरी, प्रिया रिजाल, बिरेन श्रेष्ठ देखिनेछन् । फिल्म पोखरा, स्याङजा, धम्पुसमा छायांकन भइरहेको विल्सन विक्रम राईले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?