Comments Add Comment

अल्फाबिटा २७ औं वर्षमा प्रवेश, शैक्षिक मेला सम्पन्न


२१ माघ, काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटा स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । वाषिर्कोत्सवको अवसरमा आइतवार शैक्षिक मेला आयोजना गर्दै अल्फाबिटाले विकसित देशहरूमा गई आर्जन गरेको शिक्षा र सिपलाई नेपालको वृहत विकासमा लगाउन विद्यार्थीहरूलाई आहृवान गरेको छ ।

अमेरिकन इन्टरनेसनल रिक्रुमेन्ट काउन्सिलद्धारा मान्यता प्राप्त अल्फाबिटाले हाल अमेरिकामा मात्रै एक सय २० भन्दा बढी कलेज तथा विश्वविद्यालयसगँ सहकार्य गरि विद्यार्थीहरूलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

संस्थामा हाल कार्यरत् अधिकांश काउन्सुलरहरू अमेरिकाबाट उच्च शिक्षा प्राप्त गरी युएसएटीसीबाटसमेत मान्यता प्राप्त गरेका अल्फाबिटाले जनाएको छ । जसले विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रभावमा सहयोग पुगेको दावी संस्थाको छ । ‘विदेश गएर उच्च शिक्षा हासिल गर्ने भनेको एउटा विद्यार्थी तथा परिवारकै भविश्यसगँ सम्बन्धित हुन्छ भन्ने यथार्थबोध गर्न हामी समय समयमा आफंै अमेरिका गएर हेरेर तथा बुझेर मात्रै विद्यालयहरूसगै काम गछौं,’ अल्फाबिटाले भनेको छ ।

अमेरिकन दूतावास र एजुकेसन युएसएको दृष्टिकोणसँग मिल्नेगरी आगामी दिनमा आफ्ना सेवालाई थप सबल र सुदृढ बनाउने संस्थाको प्रतिवद्धता छ ।

मोवाईल एप डाउनलोड गरेर वैदेशिक शिक्षाको बारेमा जस्तोसुकै जानकारी प्राप्त गर्न सकिने संस्थाले जनाएको छ ।

एकैचोटी अमेरिकाका ठुला विश्वविद्यालयहरूमा जान ठूलो आर्थिक व्यायभार पर्ने भएकाले सस्ता तथा गुणस्तर जान विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने अल्फाबिटाले जनाएको छ ।

कन्सल्टेन्सीका नाममा जस्तो पायो त्यस्तै कलेज तथा विश्वविद्यालयहरूमा विद्यार्थी पठाउने एजेन्टप्रति संस्थाले आपत्ति प्रकट गरेको  छ । यस्ता कार्यले विद्यार्थी तथा परिवारकै भविष्यमा ठूलो समस्या आउन सक्ने अल्फाबिटाले बताएको छ । आˆना जिज्ञासाहरू सीधै विश्वविद्यालयका प्रतिनिधिसँग राखेर उपयुक्त कलेज छान्न संस्थाले विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment