Comments Add Comment

एमालेले प्रदेश १ को ‘मुख्यमन्त्री’ माघ २६ मा तय गर्ने

२ र ५ बाहेक अरु प्रदेशका मुख्यमन्त्रीमा अझै अलमल

२२ माघ, विराटनगर । नेकपा एमालेले आफ्नो एकल बहुमत रहेको प्रदेश १ का लागि मुख्यमन्त्रीको उम्मदेवार अझैसम्म तय गर्न सकेको छैन । सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकमा सहमति नजुटेपछि एमालेले माघ २६ गते संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ ।

सोमबार बिराटनगरमा बसेको एमाले प्रदेश सचिवालयको बैठकले २६ गतेका लागि दलको बैठक बोलाएको हो । संसदीय दलको नेता जो हुन्छ, उनी नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश एकमा मुख्यमन्त्रीका लागि एमालेभित्र तीन नेताले दाब गिरेका छन् ।

केपी ओली समूहबाट शेरधन राई संसदीय दलको नेता एवं मुख्यमन्त्रीका दाबेदार हुन् भने झलनाथ खनाल पक्षबाट भीम आचार्य र माधव नेपाल पक्षबाट जीवन घिमिरे मुख्यमन्त्रीका दाबेदार छन् ।

प्रदेश १ का ९३ सांसद मध्ये एमालेका ५१ जना छन् । ५१ मध्येबाट संसदीय दलको निर्वाचनमा जसले बहुमत ल्याउँछ, उनी संसदीय दलको नेता र मुख्यमन्त्रीको उम्मदेवार बन्न पाउँछ ।

एमाले नेताहरुका अनुसार ५१ मध्ये केपी ओली समूहमा भन्दा माधव नेपाल पक्षमा बहुमत छ । तर, माधव नेपाल पक्षबाट जीवन घिमिरेले पनि उम्मदेवारी दिँदा शेरधनको पल्ला भारी हुने नेताहरुको दाबी छ ।

देशभरिका ७ वटा प्रदेशहरुमध्ये एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्रीको भाग पाएको छ । प्रदेश दुईमा फोरमले लालबाबु राउतलाई मुख्मन्त्रीका रुपमा अघि सारिसकेको छ । वाम गठबन्धनमा भएको भागवण्डा अनुसार प्रदेश ६ र ७ मा माओवादीले मुख्यमन्त्रीको भाग पाए पनि उम्मेद्वार निश्चित गर्न सकेको छैन । प्रदेश ५ मा भने शंकर पोखरेल मुख्यमन्त्री बन्ने लगभग पक्का भइसकेको छ ।

एमालेको भागमा परेका प्रदेश १, ३ र ४ मा उसले विवादका कारण सर्वसम्मत रुपमा मुख्यमन्त्रीको उम्मेद्वार तय गर्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment